• नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि शुक्रबार अपिल जारी गर्दै नेपालले पार्टी एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ दल गठन गर्नुपरेको उल्लेख गरेका छन् ।

    एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गरेको अपिलमा उल्लेख गरेका छन् । उनले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेको सामाजिक संजालमा जारी अपिलमा भनेका छन् । उनले जनताबाट सकरात्मक सहयोगको अपेक्षा पनि गरेका छन् । नेपालले राष्ट्रिय भेला तथा सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएका छन् ।

4565