-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरू पार्टीबाट अलग भएपनि आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल रहेको बताएका छन् । भक्तपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर पार्न सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या पु¥याउन नसकेको बताए । उनले आफुले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झारेर पार्टी दर्ता हुन नदिने दाबि गरे ।
ओलीले आगामी निर्वाचनमा एमालेले एकलौटी रुपमा जित हात पार्ने दाबीसमेत गरे । उनले अबको चुनावको नतिजा नेकपा एमालेको पक्षमा हुने भन्दै बाँकी सवैले छेउमा बसेर हेनुपर्ने अवस्था आउने बताए ।
अध्यक्ष ओलीले अध्यादेश फिर्ता लिई तत्काल प्रतिनिधि सभा बैठक बोलाउन माग पनि गरे । उनले एमाले कानुनसम्मत रुपमा चल्ने पार्टी भएको बताउँदै कानुनी रुपमा एमाले हरेक कुराको मुकाविला गर्न तयार रहेको बताए ।
अध्यक्ष ओलीले अहिलेको सरकार मुलुक बनाउन भन्दा पनि आफ्नो सरकारले गरेको विकासको काम भत्काउन आएको दावी गरे । उनले आफुले सरकारको नेतृत्व गर्दा पार्टीभित्र नै बिरोधी खडा भएको भन्दै आफुले देश र जनताका लागि अभूतपूर्व विकासका काम गरेको दावी पनि गरे ।
News Desk 0 response बिहिबार, भदौ ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३