-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने बताएका छन् । मंगलबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताएका हुन् । ओलीले अहिलेको गठबन्धन नामक सरकार असंवैधानिक, गैरकानूनी, जनादेश बिपरित र अपराधीक उद्देश्यका साथ बनेको आरोप लगाए ।
अध्यक्ष ओलीले एमाले विभाजनका लागि सरकारले ल्याएको अध्यादेश खारेज नभए वा एमाले फुटे सवैलाई महङ्गो पर्ने चेतावनी समेत दिए । पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाए पनि अर्को पक्षले एकपछि अर्को अडान लिएका कारण समस्या भएको उनको भनाइ छ ।
एमाले संसदीय दलको बैठकले तीन दिन भित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै ओलीले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समाधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताए ।
News Desk 0 response मङ्लबार, भदौ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





