-
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्दै सरकार देखि अदालतसम्मको चर्को आलोचना गरेका छन् । पहिलो पटक प्रतिपक्ष दलको नेताको हैसियतमा संसदको रोष्टममा उभिएका ओलीले अमेरिकी सहयोग (एमसीसी) सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख नगरेको भन्दै आपत्ति पनि जनाए ।
आफ्नो सरकार ढलेपछि पहिलोपटक संसद्मा बोल्दै एमाले अध्यक्ष केपी ओलीले सरकार बनेको एक महिनासम्म सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरेका छन् । दसैँमा केटाकेटी आँगनमा नाचेजस्तो गरेर गठबन्धनका नेताहरु हौसिएको उनको टिप्पणी थियो ।
ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि संसदमा गरेको टिप्पणीको जवाफ फर्काए । पुनःस्थापित संसदमा दाहालले आफू आगो भएकाले आगोसँग नखेल्न चेतावनी दिएका थिए ।
ओलीले एमालेको माधव नेपाल समुहप्रति पनि कटाक्ष गरे । उनले एमालेकै केहि मान्छे पाउला र खाउला भने तपाईको पछि लागेहरुलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे । ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।
ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने दावी पनि गरे । पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक जनमत ल्याएर प्रधानमन्त्री बन्ने दावी गरे ।ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकतिर बाँडेको कागज भनेर टिप्पणी गरे । उनले न्यूनतम साझा कार्यक्रम संसदमा ल्याउन नसकेको भन्दै आलोचना समेत गरे । ओलीले अहिले सरकार र प्रतिपक्षी दलबीच सम्वादहीनताको स्थिति रहेको भन्दै संसदबाट प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति हुन नसक्ने बताए ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





