• केही समय सुस्ताएका मिर्गौला तस्कर काभ्रेमा फेरि सक्रिय हुन थालेका छन् । बनेपा – ५ का २८ बर्षीय एक युवालाई तस्करहरुले प्रलोभनमा पारेर मिर्गाैला बेचबिखन गर्ने २ जना पक्राउ परेपछि काभ्रेमा मृगौला तस्कर सक्रिय हुन लागेको तथ्य सार्वजानिक भएको हो ।

    बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकको आमाले आफना छोराको मृगौला तस्करले बिक्री गराएको जानकारी गराइन् । वडा अध्यक्ष अधिकारीको सुचनाका आधारमा प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गर्न सफल भएको छ ।

    नागरिकता लगायतका कागजपत्र फर्जी बनाएर भारतको कलकत्ता पु¥याइएका पीडितको मृगौला नेपाली नागरिकलाई नै दिइएको थियो । दिपक श्रेष्ठको नाममा नक्कली नागरिकता बनाइदिएर उनको मृगौला काठमाडौकी एक महिलालाई दिइएको तथ्य पनि खुलेको छ । प्रहरीले मृगौला तस्करको जालो ठूलो भएको निष्कर्षसहित गहन अनुसन्धान थालेको छ ।

    तस्करीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये पिडित युवाका दाजुले २०७२ सालको भूकम्प अघि मृगौला बेचेको तथ्य खुलेको छ । उनले दाजूलाई मृगौला बेचबिखन गर्न बाध्य पार्नेहरुको जालो पत्ता लगाउने क्रममा आफै फसेको बताए ।

    पहिलो पटक उनीसंग सम्पर्क गर्ने कुमार र सुरेशले भक्तपुरको एक नीजि ल्यावमा रक्त समूह परिक्षण गएका थिए । परिक्षणपछि कलंकीबाट गाडी चढाएर नेपालको सिमाना पुप्याइ, खोला नै खोला भारत छिराएका थिए । भारत पुगेपछि आफू फसेको बुझेका ती युवाले भाग्न खोजेपनि नसकेको बताए ।

4565