• झापाको गिरीबन्धु टी स्टेटको अरबौ मुल्यको जमिन सट्पट्टा गर्ने निर्णयको चौतर्फि बिरोध हुन थालेको छ । मजदुर र मजदुर संघ–संगठनले कडा आपत्ति जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएका छन भने जनप्रतिनिधिले समेत आफुहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन ।

    अर्बौँ मूल्यको उक्त बगान सार्ने निर्णयले त्यहाँ पुस्तौँदेखि काम गर्दै आएका हजारौँ चिया मजदुरको गाँस, बास र कपास खोसिने भएपछि आफ्ना माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा पछि नहट्ने मजदुर प्रतिनिधिहरुले अडान लिएका छन् । स्थानीय जनप्रतिनिधिले समेत बिरोध गरेका छन ।

    प्रदेश र केन्द्रीय संसदमा चर्को विरोध भइरहेको छ । कानुनले सट्टापट्टा गर्ने प्राबिधिक समस्या समस्या छन् । मजदुरको व्यवस्थापन पनि प्रमुख मुद्धा बनेको छ ।बगान सारे पनि बगान नछोड्ने मजद्रले चेतावनी दिएका छन । राज्य र व्यवस्थापन मिलेर लखेट्न खोजेको उनीहरुको आरोप छ भ्माफिया र उच्च ब्यापारीहरुको मिलेमतोमा सट्टापट्टाको नाममा बहुमुल्य जग्गा कौडीको भाउमा बिक्रि गर्न लागिएको भन्दै चौतर्फि बिरोध भैरहेको छ ।

4565