-
दुबइ उड्न ठिक्क परेका यात्रुलाई कोरोना परीक्षण रिपोर्ट नभएको भन्दै राकेपछि त्रिभुवन विमानस्थल परिसरमै प्रदर्शन गरेका छन् । यात्रुहरूको प्रदर्शनका कारण विमानस्थलको बाह्य टर्मिनल क्षेत्र तनावग्रस्त छ । दुबईले केही दिनअघिमात्र नेपाली कामदारलाई आफ्नो देश आउन अनुमति दिएको थियो । दुवई जानका लागि करिब २ सय कामदार टिकट लिएर विमानस्थल पुगेका थिए । २ सयभन्दा बढी यात्रुको कोरोनाको आरडीटी परीक्षण नभएको भन्दै फर्काइपछि उनीहरू अलपत्र परेका हुन् ।
दुबईले केही दिनअघि दिएको अनुमतिमा एयरपोर्टभित्र रहेको आरडीटी मेसिनबाट ४ घण्टा अघिमात्र चेक गरेका कामदारलाई दुबई प्रवेशको अनुमति दिएको थियो । धेरै संख्यामा आरडीटी जाँच गर्न सीमित मेसिनले अपुग भएकोले समस्या देखिएको विमानस्थल प्रशासनले जनाएको छ । आज साँझ ७ बजेको फ्लाइटका लागि यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





