-
टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । हालसम्म चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित कुल ८७ पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो । अमेरिका ३५ स्वर्ण, ३८ रजत र ३३ कास्यसहित दोस्रो स्थानमा रहेको छ ।
यसैगरी तेस्रो स्थानमा रहेको आयोजक जापानले २६ स्वर्ण, १२ रजत र १७ कास्य पदक जितेको छ । यसैगरी हालसम्म बेलायतले २०, रसियन ओलम्पिक कमिटीले १९ र अष्ट्रेलियाले १७ स्वर्ण जितेका छन् । त्यसैगरी, जर्मनी, इटाली र नेदरल्याण्ड्ले १०–१० स्वर्ण छन् भने फ्रान्स र न्यूजिल्याण्डले ७–७ स्वर्ण हात पारेका छन् ।
हंगेरी, क्यानडा, दक्षिण कोरिया, ब्राजिल र क्यूबाले ६–६ स्वर्ण जितेका छन् । हालसम्म चार देशले चार स्वर्ण, नौ देशले तीन स्वर्ण, १३ देशले दुई स्वर्ण र २३ देशले एक स्वर्ण हात पारेका छन् । ओलम्पिकमा हालसम्म ६५ देशले स्वर्ण पदक जित्दा ९२ देशले पदक तालिकामा आफ्नो नाम लेखाएका छन ।
News Desk 0 response शनिबार, साउन २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३