-
पुर्वराजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंहको स्वामित्वमा रहेको काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट उत्पादन गर्ने उद्योगमा गए मध्यराति भीषण आगलागी भएको छ । आगलागीबाट करोडौं मूल्य बराबरको क्षती भएको छ भने उद्योगका भवन र सामान पुनः प्रयोगमा आउन नसक्ने गरी जलेर नष्ट भएका छन् ।
बालाजु औद्योगिक क्षेत्र भित्रको नेबिको बिस्कुटको उद्योगमा शनिबार बिहान २ बजे बाट शुरु भएको आगो नियन्त्रणमा आउन झन्डै ११ घण्टा लागेको थियो । आगलागी भएको आधा घण्टामा नै एउटा दमकल सहित नेपाल प्रहरी घटनास्थल पुगेको थियो । आगो नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गर्नुका साथै दमकलको संख्या पनि बढाइएको थियो । तैपनि आगो नियन्त्रणमा आउने नसकेपछि हेलिकप्टरको समेत प्रयोग गरिएको थियो भने स्थानीयले पनि सहयोग गरेका थिए । सबैको प्रयासपछि राति २ बजे सुरु भएको आगो ११ घण्टापछि अर्थात दिउँसो १ बजे मात्र नियन्त्रणमा आएको थियो ।
उद्योगमा कार्टुन, घिउ, तेल, चिनी, उत्पादित विस्कुट लगायत प्रज्वलनशिल पदार्थ भएकाले आगो नियन्त्रणमा आउन समय लागेको थियो ।विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान गरिए पनि ठोस कारण भने खुल्न सकेको छैन । आगलागीबाट करिब १५ करोड रुपैयाँको क्षती भएको अनुमान गरिए पनि यसको पनि आधिकारिक तथ्यांक आइसकेको छैन ।यस घटनाले ठूलो लगानीमा खोलिएका त्यसमा पनि प्रज्ज्वलनसिल उद्योगहरुमा आगो नियन्त्रणका लागि पूर्व तयारीको आवश्यकता देखिन्छ । त्यसमा पनि बालाजु क्षेत्रभित्र दर्जनौं उद्योग सन्चालनमा छन् । त्यस्ता ठाउँमा आगो नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकार र उद्योग सन्चालकहरुले ध्यान दिन आवश्यक देखिन्छ । गएराति आगलागी भएको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट उद्योग पुर्वराजा ज्ञानेन्द्र शाहका छोरी ज्वाइँ राजबहादुर सिंहको स्वामित्वमा रहेको उद्योग हो ।
News Desk 0 response शनिबार, साउन २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





