-
जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापानले अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेकाको १६ लाख खोप मध्ये ५ लाख १३ हजार मात्रा नेपाल आएको हो ।
कतार एयरवेजवाट आएको खोप त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा उपलब्ध गराउने भनिएको ८ लाख खोप मध्य बाँकी खोप आइतबार काठमाडौं आउने छ । बाँकी ८ लाख खोप सम्बद्ध संस्थासँगको सहकार्यमा नेपाललाई छिट्टै उपलब्ध गराइने जापानी राजदूतावासले जनाएको छ ।
खोप आइतबारदेखि काठमाडौं उपत्यका र बागमती प्रदेशका जिल्लाहरुमा वितरण गर्ने तयारी छ । जापानले उपलब्ध गराउन लागेको खोप भारतमा उत्पादित कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरेको छ । पहिलो मात्रा कोभिशील्ड लगाएर दोस्रो मात्राको प्रतीक्षा गरिरहेकाको संख्या पौने १४ लाख रहेको छ । शुक्रबारसम्म ४४ लाख तीन हजारले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन । दुबै मात्रा खोप लगाउनेको संख्या २२ लाख आठ हजार रहेको छ ।
News Desk 0 response शनिबार, साउन २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





