-
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्डको बैठकले विद्यालयले पठाएको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो । परिक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टे«शन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना बिद्यार्थीहरुको नतिजाप्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
एसइईको नतिजा डब्लु डब्लू डब्लू डट एसईई डट जिओभी डट एनपी अथवा डब्लू डब्लू डब्लू डट एलईबी डट जिओभी डट एनपीमा हेर्न सकिनेछ । यसैबीच, बोर्डले साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले स्थगित गरिएको बोर्डले जनाएको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने पनि बोर्डले जनाएको छ । यसअघि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएका कारण तत्काल परीक्षा गर्न नसकिने भन्दै बोर्डलाई परीक्षा स्थगित गर्न पत्राचार गरेको थियो ।
News Desk 0 response शनिबार, साउन २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३