• नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    हाल नेपालमा ३५ हजार ४ सय ३२ सक्रिय संक्रमित आइशोलेन र ४४३ जना क्वारेन्टाइनमा छन् । संक्रमण पहिचानका लागि हालसम्म ३६ लाख ७४ हजार ७०१ वटा नमुना पिसिआर र ३ लाख ५४ हजार २५० वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

4565