• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफरिस गरेको जनाएका छन् । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । कक्षा १२ को परीक्षा नजिकिएसँगै यसलाई स्थगित गर्नुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ ।

    भौतिक उपस्थितिमा परीक्षा गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै परीक्षा स्थगित गर्न समाजिक संजालमा ह्यासट्याग चलाइएको छ । गत जेठ २६ गते हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । कोरोना मत्थर भएसँगै राष्ट्रिय परीक्षा बोर्डले गत साउन ५ गते एक सूचना प्रकाशित गरी साउन ३१ गतेदेखि ९ गतेसम्म परीक्षाको नयाँ तालिका प्रकाशित गरेको छ ।

4565