• डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी अस्पताल अस्पताल सन्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका छन् ।

    उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्य मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् । केसीद्धारा जारी विज्ञप्तीमा हप्तौंसम्म स्वास्थ्य मन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो बाटोमा डो¥याउने प्रयास गरेको उल्लेख छ ।

4565