-
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ पुगेको हो । त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ संक्रमित थपिएका छन् ।
देशभर गरिएको ९ हजार ४ सय ९३ पीसीआर परिक्षणका क्रममा २ हजार ४ सय ३० र ६ हजार १ सय ८२ एन्टीजेन परिक्षणका क्रममा १ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ७७ हजार ५ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६५ हजार ५ सय ४८ जनाले कोरोना जितेका छन् । हाल ३४ हजार ९ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ५६ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३६ लाख ६५ हजार ८सय ३५ वटा नमुना पीसीआर र ३ लाख ४९ हजार ५ सय ४३ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, साउन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३