• ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिने बताएकी छन । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफुले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडी बढाएको जानकारी दिएकी हुन् ।

    विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको पनि मन्त्री भुसालले जानकारी दिइन ।

    ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाई पु¥याउनका निम्ति आफु क्रियाशिल रहने पनि बताइन । सिँचाईको सुविधा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनको भनाइ छ । उनले सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको पनि बताईन् । मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका लागि अध्ययन गरिरहेको पनि जानकारी दिइन ।

4565