• नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ११ हजार ८ सय ७० पिसिआर परिक्षणका क्रममा ३ हजार ७ र ६ हजार ५ सय ३८ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ९ हजार ९ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार १२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६३ हजार ६ सय ६३ जनाले कोरोना जितेका छन् । हाल ३४ हजार ४ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३६ लाख ५६ हजार ३ सय ४२ वटा नमुना पीसीआर र ३ लाख ४३ हजार ३ सय ६१ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565