• नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा नदिने बताएका छन् । विशेष संवादमा शाक्यले आफूसँग कसैले राजीनामा नमागेको र अहिले राजीनामा दिनुपर्ने अवस्था पनि नरहेको बताए । यद्यपी उनले प्रधानमन्त्रीसँग पदस्थापनको विषयमा भने कुरा भएको बताए ।

    शाक्यले आफूले गरेको काममा कुनै कमजोरी नभएपनि आफूलाई बदनाम गर्न खोजिएको गुननसो पनि गरे ।

    शाक्यलाई केपी ओली नेतृत्वको सरकारले २०७७ माघ २७ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरतका लागि चौतर्फी दबाब भए पनि ओलीले शाक्यलाई नियुक्त गरेका थिए । सरकार परिवर्तनसँगै प्राधिकरणमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेसँगै शाक्यको राजीनामा मागिएको खबर सार्वजनिक भएका छन् ।

4565