-
नेपालमा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३ सय ५४ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ९ सय ७५ र ४ हजार ९ सय ४४ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमितमध्ये झण्डै एक तिहाई अर्थात १ हजार २ सय ७९ जना काठमाडौँ उपत्यकाका हुन् । २४ घण्टामा काठमाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार ९ सय २७ पुगेको छ । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा ९ हजार ९ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३५ संक्रमित निको हुँदा नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको छ । हाल नेपालमा ३३ हजार २ सय ६२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ७८ जना क्वारेन्टाइनमा छन् । संक्रमण पहिचानका लागि हालसम्म ३६ लाख ४४ हजार ४ सय ७२ वटा नुमना पीसीआर र ३ लाख ३६ हजार ८ सय २३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





