-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियानबीच भएको सहमतिमा पदाधिकारी वर्खास्त गर्ने प्रक्रिया आजैबाट थालिने उल्लेख छ ।
प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरुप्रसाद खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर साहले अनियमितता गरेको आरोप लगाउँदै उनीहरुलाई पदबाट हटाई छानविन गर्नुपर्ने माग राखेका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेललगायत तीन सदस्यीय टोली र संघर्ष समिति संयोजक डा. एसपी रिमालले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन ।
सहमतिसँगै संघर्ष समितिले अस्पतालमा रोकेका सेवाहरु सुरु गर्ने भएको छ । संघर्ष समितिमा आवद्ध चिकित्सक सहितका स्वास्थ्यकर्मीहरु आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेर आन्दोलित भएका थिए । भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा बीपी प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारी अनियमिततामा मुछिएका छन् ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३