-
टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । हालसम्म चीनले ३२ स्वर्ण, २० रजत र १६ कास्यसहित कुल ६८ पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो । अमेरिका २२ स्वर्ण, २७ रजत र १९ कास्यसहित दोस्रो स्थानमा रहेको छ । यसैगरी आयोजक जापान १९ स्वर्ण, ६ रजत र ११ कास्य पदकसहित तेस्रो स्थानमा छ ।
यसैगरी हालसम्म अस्टेलियाले १४, बेलायतले १३, रसियन ओलम्पिक टिमले १२, जर्मनीले ८, फ्रान्सले ६ स्वर्ण हात पारेको छ । त्यसैगरी, नेदरल्याण्ड, दक्षिण कोरिया र न्यूजिल्याण्डले पनि समान ६–६ स्वर्ण जितेका छन् ।
यस्तै इटलीले ५, क्यूबा र चेक रिपब्लिकले ४–४ स्वर्ण हात पारेका छन् । यस्तै क्रोएसिया, ब्राजिल, हंगेरी र स्वीट्जरल्याण्डले तीन तीन स्वर्ण जितेका छन । चाइनिज ताइपेइ, कतार, ग्रिस, इक्वेडर, स्लोभानिया र कोसोभोले दुई दुई स्वर्ण पदक जितेका छन । ३१ देशले एक–एक स्वर्ण जितेका छन ।
News Desk 0 response मङ्लबार, साउन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३