• चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप पचपन्न जनामा सङ्क्रमण पुष्टि भएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । संक्रमितमध्ये तीस जनामा स्थानीय स्तरको संक्रमण देखिएको हो ।

    जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको हो । थप संक्रमित विदेशवाट चीन पुग्नेहरु रहेका छन । चीनको नान्जिङ सहरमा शुरुमा देखिएको संक्रमण अन्य राज्यहरुमा पनि विस्तार भएको छ ।

    नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेपछि गरिएको परीक्षणमा झन्डै दुई सय जनामा संक्रमण देखिएको थियो । चीनमा एक सातादेखि नयाँ प्रकारको डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढन थालेको हो ।

4565