• टोकियो ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । हालसम्म चीनले २३ स्वर्ण, १४ रजत र १३ कास्यसहित कुल ५० पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो । अमेरिकाले २० स्वर्ण, २० रजत र १४ कास्यसहित दोस्रो स्थानमा रहेको छ ।

    यसैगरी आयोजक जापान जापान १७ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित तेस्रो स्थानमा छ । यसैगरी हालसम्म अस्टेलियाले १४, रसियन ओलम्पिक टिमले ११ र बेलायतले ९ स्वर्ण पदक हात पारेको छ । दक्षिण कोरियाले ५ स्वर्ण, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्याण्ड र चेक रिपब्लिकले चार चार स्वर्ण जितेका छन् । यस्तै क्रोएसिया, जर्मनी, क्यानडा र स्वीट्जरल्याण्डले तीन तीन स्वर्ण जितेका छन ।

    इटाली, चाइनिज ताइपेइ, हंगेरी, स्लोभानिया र कोसोभोले दुई दुई स्वर्ण जितेका छन । ३१ देशले एक–एक स्वर्ण जितेका छन । टोकियो ओलम्पिकमा सहभागी २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५१ राष्ट्रले स्वर्ण र ७६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

4565