• नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अखिल फोर्सको राष्ट्रिय भेला गरेको छ । एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको हो । राष्ट्रिय भेला अघि अखिल फोर्सले राजधानीको भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल ¥याली गरेको थियो । ¥यालीमा अखिल फोर्स लेखिएका ब्यानर र रातो झण्डासहित युवा विद्यार्थी सहभागी थिए ।

    एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्र्मीलाई सक्रिय बनाएको छ । यता नेपाल पक्षले पिपुल्स भोलेन्टियर्स ब्यूँत्याएको छ भने अखिल फोर्सलाई सक्रिय बनाएको छ । एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन् । ¥यालीपछि भएको अखिल फोर्सको राष्ट्रिय भेलालाई वरिष्ट नेता नेपालले सम्बोधन गरेका थिए ।

4565