• पाकिस्तानको सबैभन्दा ठूलो शहर कराँचीमा एक जना चिनियाँ नागरिकमाथि गोली प्रहार गरिएको छ । बुधबार अपरान्ह उक्त घटना भएको बेलायती समाचार संस्थाले उल्लेख गरेको छ ।


    प्रहरी नायब महानिरीक्षक जावेद अकबर रियाजलाई उद्धृत गर्दै रोयटर्सले कराँचीस्थित ब्यवसायिक क्षेत्रतर्फ गइरहँदा आक्रमण भएको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले मोटरसाइकलमा आएका हतियारधारीले चिनियाँ नागरिक सबार गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेको थियो । कराँचीस्थित मुख्य सडकमा उक्त घटना भएको बताइएको छ ।


    गएको दुई सातामा पाकिस्तानमा चिनियाँ नागरिकमाथि आक्रमण भएको यो दोस्रो घटना हो । यसअघि पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा चिनियाँ नागरिक सबार बस विष्फोटनमा १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा नौ जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।


    उक्त घटनापछि पाकिस्तानको घनिष्ठ सहयोगी एवम् ठूलो लगानीकत्र्ता रहेको चीनले आफ्नो नागरिकको सुरक्षाको प्रत्याभूति गराउन र घटनामा संलग्न दोषीलाई कडा कारबाहीको जोड दिएको थियो ।

4565