-
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भुमिका बढाउन आहुवान गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमितहरु फेला परेको जनाएको छ ।
मन्त्रालयका अनुसार देशका विभिन्न भागहरुवाट संकलन गरिएका ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भएको भेटिएको हो । ती तीन जनामा उत्परिवर्तन के फोर वान सेभेन एन म्युटेसन भेटिएको छ जसलाई एवाई.वान नाम दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलन गरेर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ अर्थात पहिचानका लागि पठाएको थियो ।
सो क्रममा नेपालमा डेल्टा प्लस भेरियन्ट पनि फेला परेको हो । यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो । हाल सम्म यो म्युटेसन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रमा देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । डेल्टा भेरियन्ट भने अहिले विश्वका ८० भन्दा बढी देशमा र अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ ।
यी सहित हालसम्म नेपालमा अल्फा (बी.वान वान सेभेन) र डेल्टा बी. वान सिक्स वान सेभेन टु भेरियन्ट तथा ’भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.वान सिक्स वान सेभेन वान पुष्टि भएको छ । यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने भएकोले संवेदनशिल भई सरकारले जारी गरेको मापदण्ड पालना गर्न स्वास्थ्य मनत्रालयले आहुवान गरेको छ ।
News Desk 0 response मङ्लबार, साउन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





