• नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ६ सय ५५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८ सय १७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ । त्यस्तै २४ घण्टामा १ हजार ७ सय ७८ जना संक्रमित निको हुँदा नेपालमा निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

    हालसम्म संक्रमण पहिचानका लागि ३५ लाख ६३ हजार ९ सय ७८ वटा नमुना पीसीआर र २ लाख ९९ हजार ६ सय २४ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी ।

4565