-
सरकारले गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकोे हो । यसअघि सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
यस्तै योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । ओली सरकारले नियुक्त गरेका डा.पुष्प कँडेललाई हटाएर पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरि आयोगको सदस्यहरुमा राम कुमार फुयाल र दिल बहादुर गुरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कायममुकायमको जिम्मेवारी दिइएको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।
News Desk 0 response मङ्लबार, साउन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





