• नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५ सय ६९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ३९ र ३ हजार २ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ६ सय ९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ७ सय ९९ जना पुगेको छ । त्यस्तै थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ हजार ५० संक्रमित कोरोनामुक्त भएका छन् ।

    हालसम्म नेपालमा ६ लाख ४३ हजार ६१५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा २७ हजार २ सय २८ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ४० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ३९ हजार ८३ वटा पिसिआर परिक्षण तथा २ लाख ८९ हजार ७ सय २९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565