-
जापानमा जारी ३२औँ ग्रिस्मकालिन टोकियो ओलम्पिकमा अहिलेसम्म ११ स्वर्ण पदकको छिनोफानो भएको छ । पहिलो दिन चीन तीन स्वर्ण र एक कास्यसहित अग्रस्थानमा छ । त्यस्तै, आयोजक जापान, इटाली, इक्वेडर, इरान, दक्षिण कोरिया, कोशोभो, हंगेरी र थाइल्याण्डले एक एक स्वर्ण हात पारेका छन् ।
चीनलाई सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा स्वर्ण दिलाएकी हुन् । त्यसैगरी चीनकी होऊ जहुईले भारोत्तोलनको महिला ४९ केजी समूहमा स्वर्ण जितिन् । आयोजक जापानलाई जुडोका नओहिसा ताकातोले पहिलो स्वर्ण दिलाए । उनले ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
त्यसैगरी, दक्षिण कोरियाका लागि आर्चरी किक्स्ड टिम इभेन्टमा साआन र जे किम जे डोक, इरानका लागि एयर पेस्तोल १० मिटर पुरुषतर्फ जवाद फोरोघीले स्वर्ण पदक दिलाए । त्यस्तै, इक्वेडरका रिचार्ड कारापजलेसाइक्लिङतर्फ रोड रेसमा स्वर्ण पदक जिते । दक्षिण एसियाली मुलुक भारतले पनि पहिलो दिन रजत पदक जितेको छ । भारतकी मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेकी हुन् ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





