• भारतको महाराष्ट्र राज्यमा अबिरल बर्षासँगैको बाढी पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार मुसलधारे पानीपछि रायगढ लगायतका जिल्लामा बाढी पहिरो गएको हो ।

    कयौँ मानिसहरु पहिरोमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरोमा फसेकाहरुको उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको छ । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ । रेलवेको पुल डुबेका कारण कम्तीमा ६ हजार मानिस अलपत्र परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । लगातारको पानीका कारण विशेष गरी छ वटा जिल्लाको जनजीवन बढी प्रभावित भएको छ ।

4565