• प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएपनि गलत ब्याख्या गरेको बताए । देउवाले नेम्वाङप्रति लक्षित गर्दै धारा ७६ (५) किन राख्नुभो भनेर सोध्ने मन भएपनि नेम्वाङ बोलेर हिडेको गुनासो गरे ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई अनुभुति हुने र जनताले देखिने खालका काम गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् । देउवाले ६–७ महिनाभित्रै त्यस्ता कामको परिणाम देखिने दाबि गरे । देउवाले अहिले कोरोनाविरूद्धको खोप ल्याउनु सरकारको मुख्य चुनौती रहेको बताउदै देउवाले ऋण वा सापटी लिएर जहाँ–जहाँबाट पाइन्छ जनतालाई खोप उपलब्ध गराउने बताए ।

    प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपेन्द्र यादवको नाम लिदै सरकारलाई धेरै अनुभव राजनीतिज्ञहरूको सहयोग रहेको बताए । उनले प्रतिनिधिसभाले आफुलाई विश्वासको मत दिएकोमा धन्यवाद समेत दिए ।

4565