• कोरोना विरुद्धको थप १० लाख मात्रा भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    थप १० लाख मात्रा खोप ल्याउन निगमको जहाज आजै राती ११ बजे बेइजिङ उड्ने छ । शुक्रबार दिउँसो २ बजे सो मात्रा खोप नेपाल आईपुग्ने छ । बाँकी खोप ल्याउन शनिबार जहाज पुनः बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफार्मबाट ४० लाख मात्रा खोप खरिद गरेको हो ।

4565