• भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु समेत बन्द भएको छ ।

    वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । बाढीका कारण एक दर्जन भन्दा बढी शहरको जनजीवन प्रभावित भएको छ ।

    सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ । बाढी आउनमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम भने तीव्र बनाएको विज्ञले बताएका छन् ।

4565