• नेपालमा कोरोना महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश दिएका छन् । डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश दिएका हुन् । उनीहरुले क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सरकारलाई सचेत रहन भनेका छन् ।

    उच्च स्तरीय कोरोना व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन पनि उनीहरुले सुझाव दिएका छन् । साथै उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत माग गरेका छन् । उनीहरुले १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउन समेत सुझाव दिएका छन् । अस्पतालको बेड, एचडीयू, आईसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रधानमन्त्री देउवालाई उनीहरुले सुझाव दिएका छन् ।

4565