-
बारामा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित २ भारतीय पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका आठ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले रकम सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
बेरुवा टोल स्थित कलैया मटिअर्वा सडक खण्डमा जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको समयमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । भारतीय मोटरसाईकल बिआर ०५ के ०७९८ नम्बरको सवार चालक भारत बिहार पूर्वी चम्पारणका चन्द्रशेखर प्रसाद र संजय कुमारको साथबाट उनीहरुको शरीर तथा मोटरसाईकलको डिक्कीमा लुकाई राखेको अवस्थामा रकम बरामद भएको हो ।
उनीहरुबाट नेपाली १ हजार दरका १ हजार ७ सय ७२ थान र ५ सय दरका १ हजार ५ सय २६ थान गरी जम्मा २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही अघि बढाएको छ । सो रकम अबैध हुण्डी कारोवारको हुनसक्ने अनुमान गरिएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३