• पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३ जना गरी २ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो चौबीस घण्टामा ३२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५२ पुगेकोे छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा १ हजार २ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३ सय ३०, सुनसरीमा १ सय ८४, कास्कीमा १ सय ६०, झापामा १ सय २९ र मोरङमा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ८८, चितवनमा ७२, ललितपुरमा ५६, मकवानपुरमा ५३, नवलपरासी पुर्वमा ५१, धादिङमा ४४, रुपन्देहीमा ३६, नुवाकोटमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै १० वर्ष मुनिका ४२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565