-
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए । तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ज्ञवालीले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमत विपरीतको काम भएको बताए ।
केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष केपी ओलीले प्रतिक्रियावादी शक्तिहरुले पार्टी भित्रकै केही महत्वकांक्षीहरुलाई प्रयोग गरेर एमालेलाई विभाजन गर्ने षडयन्त्र गरिरहेको बताएका छन् । उनले केही राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको विरोध गरेको बताए ।
बैठकमा ओलीले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा गरेका थिए । ओलीले राजीनामा दिने निर्णय रावलले हतारमा गरेको भन्दै फिर्ता गर्न प्रयास गर्नुपर्ने बताएका थिए । केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । यसैबीच केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बैठक भोलि ३ बजे पुन बस्नेछ ।
News Desk 0 response सोमवार, साउन ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





