-
राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
News Desk 0 response आइतवार, साउन ३, २०७८नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गरेका थिए । जसअनुरूप ठाकुर पक्षका सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय भएको सांसद उमाशङ्कर अरगरियाले जानकारी दिए । कांग्रेस र ठाकुर पक्षीय सांसदबीच सङ्घीय संसद् भवनमा भएको छलफलपछि विश्वासको मत दिने निर्णय भएको भएको थियो । ठाकुर पक्षले उठाएको मुद्दामा प्रधानमन्त्री सकरात्मक भएपछि ठाकुर पक्षले मत दिने निष्कर्षमा पुगेको बताइएको छ । यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद रहेकाछन् । सो पार्टीको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ ।रासस
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३