-
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवालीले संविधानको धारा ७६९५० को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएकाछन् ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको धारा ७६९५० को अपव्याख्या गरेर प्रधानमन्त्री नियुक्त गरिएको बताएकाहुन । उनले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम भएको पनि बताए । नेपालको संसदीय इतिहासमा दलहरुको विभाजनले सरकारहरु गिराउने, लोकतन्त्र कमजोर गर्ने र संसदीय व्यवस्था प्रति नै वितृष्णा जगाउने इतिहास स्थापित भएको उनले बताए । उनले भने – ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा, संसदीय इतिहासमा दलहरुको विभाजनले सरकारहरु गिराउने, लोकतन्त्र कमजोर गर्ने, संसदीय व्यवस्थाप्रति, प्रजातन्त्रप्रति वितृष्णा जगाउने एउटा इतिहास स्थापित भएको छ ।
मैले प्रहसन किन भनेको, विद्रुप स्थिति किन भनेको भने तिन तिन चोटी दलीय विभाजनको सिकार बनेर पहिले गृहमन्त्रीको रुपमा, पछाडी दुईचोटी प्रधानमन्त्रीको रुपमा बाहिरीनु भएका सम्माननीय शेरबहादुर देउवा आज ७६९५० को अपव्याख्या जसले बत्तिस वर्ष अगाडी हामीले समाप्त पारेको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम गरेको छ । त्यसैको साहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।’
उनले आफुहरु प्रतिपक्षमा बस्नु सामान्य कुरा भएको टिप्पणी पनि गरे । आफुहरुलाइृ चिन्ता सरकारबाट बाहिरिएकोमा नभई प्रणाली भत्किएकोमा भएको उनले बताए । जतिसुकै अप्रिय भएपनि सर्वोच्च अदालतको फैसला मान्ने भन्दै उनले लोकतान्त्रिक प्रणालीमा सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्ने कल्पना गर्न नसकिने पनि बताए । उनले भने – ‘जतिसुकै अप्रिय होस् हामी सम्मानित सर्वोच्च अदालतका फैसलालाई मान्छौँ । त्यो कुरालाई स्वीकार गर्छौ । तर हामीलाई चिन्ता लोकतन्त्र अडिएका पिल्लरहरु खल्बल्लिन थाले भन्ने कुरामा छ । लोकतन्त्रको पिल्लर भित्र एउटा महत्वपूर्ण पिल्लर शक्ति पृथकीकरणको सिद्धान्त अर्थात नियन्त्रण र सन्तुलन हो । कुनैपनि लोकतान्त्रिक प्रणालीले सर्वोच्च अदालतले सिधै प्रधानमन्त्री तोक्ने कुराको कल्पना गर्दैन । अपेक्षा गर्दैन । आज हामी यो विषय राष्ट्रिय राजनीतिमा छिराइरहेका छौँ ।’
सर्वोच्च अदालतको फैसलाले शक्तिपृथकिकरणको सिद्धान्त भत्किएको पनि बताए । आफुहरुले देउवालाई विश्वासको मत दिन नसक्ने भन्दै उनले राष्ट्रको हितमा आफ्नो पार्टी अटल पहरेदार भएर प्रतिपक्षको भुमिकामा रहने बताए ।
News Desk 0 response आइतवार, साउन ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





