• प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएकाछन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएकाहुन ।

    उनले नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन साझा गन्तव्य भउको जिकिर गरे । उनले पटक–पटकको प्रतिनिधिसभा विघटनको कारण देशमा राजनीतिक अन्योल र अनिश्चितताको अवस्था देखिएको भन्दै जनताका समस्या समाधान गर्न सरकार केन्द्रित हुने बताए । उनले निवर्तमान प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आफूले निरन्तरता दिने भन्दै अहिलेसम्म गरेका असल कामका लागि ओलीलाई धन्यवादसमेत दिए ।

    प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गर्ने भन्दै सबै राजनीतिक दल र प्रतिनिसिभाबाट सरकारले सहयोगको अपेक्षा राखेको धारणा राखे ।

4565