-
नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्र्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेताहरू सहभागी भएका थिए ।
जसपा विभाजनको फैसला गर्न निर्वाचन आयोगले गठन गरेको इजलास बस्ने अघिल्लो दिन ओलीलाई उनीहरुले भेटेका हुन् । निर्वाचन आयोगले गठन गरेको इजलास भोलि बस्दै छ । ओली प्रधानमन्त्रीबाट हटेपछि दुई पक्षबीच आज पहिलोपटक भेटवार्ता भएको हो । ओली नेतृत्वको सरकारमा जसपा ठाकुर समूह जेठ २१ गते सहभागी भएको थियो ।
तर अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि उनीहरु २० दिन पनि नपुग्दै पदच्युत भएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्र्टी विभाजन हुने अन्तिम चरणमा छ ।
News Desk 0 response शनिबार, साउन २, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३