• कोरोना विरुद्ध लगाइदै आएको कोरोना विरुद्धको चीनबाट ल्याइएको भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ । साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

    सरकारले चीनबाट ८ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो । त्यो खोपको मौजदात काठमाडौंमा सकिएकाले खोप कार्यक्रम स्थगित गरिएको हो । भेरोसेलको थप मात्रा लिनका लागि आगामी बुधबार जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भनेता पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।

4565