• काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा बिहीबार रातिदेखि सकिदैछ । बिहीबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । उनले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत् जावत् गर्न दिइने जानकारी दिए ।

    उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । उनले पसलहरु बेलुकी ७ बजेसम्म खोल्न दिइने पनि जानकारी दिए ।

4565