-
पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टरमा सोमबार राति लुटपाटपछि भएको भागदौडका क्रममा १० जना मारिएका थिए । गएको हप्तादेखि दक्षिण अफ्रिकामा प्रदर्शन तथा भिडन्त भइरहेको छ । अहिले हिंसा नियन्त्रणका लागि प्रहरीलाई सघाउन सेना परिचालन गरिएको छ ।
प्रहरीले दंगा भड्काउन मुख्य भूमिका खेल्ने १२ जनाको पहिचान गरिएको जनाएको छ । यस्तै १२ सय जनाभन्दा बढिलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ । राष्ट्रपति सिरिल रामाफोसाले अहिले दक्षिण अफ्रिकामा सन् १९९० को दशक यताकै ठूलो हिंसात्मक गतिविधि देखिएको बताएका छन् ।
राजमार्गहरु बन्द गरिएका छन् भने प्रमुख शहरका पसल तथा गोदामहरुमा लुटपाट र आगजनी भएको छ । लुटपाट कायम रहेमा चाँडै नै अत्यावश्यक सामग्रीको अभाव हुने मन्त्रीहरुले बताएका छन् । अहिलेसम्म कम्तीमा २०० सपिङ्ग मलमा लुटपाट भएको छ ।
News Desk 0 response बुधबार, असार ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३