-
सरकारले लामो दुरीका सार्वजनिक यातायातमा भाडादर वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरुको भाडादर बढाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत भाडादर वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २६ प्रतिशत भाडादर वृद्धि भएको छ । विभागले असार २७ गते मन्त्रीस्तरको सहमति प्राप्त भएपछि संविधानको अनुसूची ५ को बुँदा नं २० र अनुसूची ९ को बुँदा नं १५ को आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा १ र दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी भाडादर वृद्धि गरिएको प्रष्ट पारेको छ ।
सवारी साधनको वैज्ञानिक भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत हुनुपर्छ । तर २०७२ साल देखि इन्धनलाईमात्र आधार मानी भाडा समायोजन गरिदै आएको र २०७५ असोज ७ गते समग्रमा १० प्रतिशत भाडादर वृद्धि गरी समायोजन गरिएको थियो । मंगलबार देखि लागू भएको नयाँ भाडादर निर्धारण गर्दा श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका सूचकहरुमा देखिएको मूल्यवृद्धिलाई आधार मानिएको विभागले जनाएको छ ।
News Desk 0 response बुधबार, असार ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





