• नेकपा एमालेले अध्यक्ष केपी ओली सरकारबाट बाहिरिएसंगै पार्टीको भातृ संगठन युवा संघले युथ फोर्सलाई पुर्नजिवन दिइएको छ । मंगलवार काठमाण्डौमा बसेको युवा संघको बैठकले युथ फोर्स ब्यूँत्याउने निर्णय गरेको हो । युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् । युथफोर्सको ५ सय १ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए ।

    उहाँले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए । साइबर सेनासंग सहकार्य गरि एमाले विरुद्ध भ्रम छर्नेहरु विरुद्ध सही संन्देश दिने काममा भूमिका निर्वाह गर्न उहाँले आग्रह गरे । नेता बस्नेतले केपी ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरे ।

4565