-
निवर्तमान प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर कडा असन्तुष्टि जनाएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला पालना गर्ने बताए । ओलीले सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै त्यसको समीक्षा भविष्यमा हुने बताए ।
निवर्तमान प्रधानमन्त्री ओलीले जनमत हुँदाहुँदै पनि अदालतको परमादेशका कारण आफू सरकारबाट बाहिरिनु परेको बताए । ओलीले संविधानको धारा ७६ को उपधारा ५ मा दलीय ह्वीप नलाग्ने भनेर सर्वोच्चले संविधान नै संशोधन गरेको आरोप समेत लगाए ।
निवर्तमान प्रधानमन्त्री ओलीले फैसलाले जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्या गरी दलीय प्रणालीको आधारभूत संरचना नै भत्काएर मुलुकलाई गलत दिशातिर धकेलेको बताए । उनले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दाबी गरे । उनले आफ्नो पालामा देशले समृद्धिमा फड्को मारेको जिकिर समेत गरे ।
News Desk 0 response मङ्लबार, असार २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





