-
शेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा भारी वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ७३ दशमलव ३३ अंक बढेर २८९८ दशमलव ४३ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
गत साता दैनिक औषतमा साढे ४ अर्ब कारोबार भएको बजारमा आज ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । आज २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँ खरिदबिक्री भएको छ । कारोबारमा आएका २१ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा खरिदबिक्री भएको छ । कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ ।
जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८ दशमलव ३९ प्रतिशत बढेको छ भने विकास बैंकको ८ दशमलव २४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढी बढेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा बढी ३९ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





