• प्रधानमन्त्री केपी ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन् । आइतबार वीर अस्पतालको नवनिर्मित कोभिड १९ युनिफाइड केन्द्रिय सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई अब खोपको अभाव नहुने बताएका हुन् । उनले केही समय खोपको अभाव भएपनि अब सोही अवस्था दोहोरिन नदिने प्रतिवद्धता जनाए । उनले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकारले काम गरिरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रणमा आउन लागेको दाबीसमेत गरे ।

    प्रधानमन्त्री ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा अन्त कही पनि नभएको दाबी गरे । सो अवसरमा अस्पतालका प्रशासकिय अधिकारी प्रा.डा. जागेश्वर गौतमले वीर अस्पतालको नवनिर्मित भवनमा ५०० बेड थपिने योजना रहेको जानकारी दिए ।

4565